उपचारपछि जगदगुरु महायोगी ‘सिद्धबाबा’अदालतमा उपस्थित

काठमाडौं, २० फागुन । बलात्कार आरोप लागेका जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन् ।

गत माघ ९ गते उपचारको लागि भारत गएका सिद्धबाबा मंगलबार अदालतमा उपस्थित भएका हुन् ।

यसअघि जिल्ला अदालत, सुनसरी न्यायाधीश राधाकृष्ण उप्रेती १ नम्बर इजलासले दोषी हुन् भन्ने प्रमाण नपुगेको भन्दै सिद्धबाबालाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो । उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो ।

लामो समय नेपालमा उपचार गरेपनि रोग निको नभएका सिद्धबाबा थप उपचारको लागि भारत गएका अनुयायीहरुको दाबी रहेको छ । उच्च अदालत विराटनगरले सुनुवाइ गर्ने दिननै जोगबनी नाका हुँदै भारत प्रवेश गरेका हुनाले धेरैको दाबी भने फरार रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here