आठौं घरजग्गा मेलाको टाइटल स्पोन्सर ‘नेपालहोम्स डटकम’

काठमाडौं । जग्गा तथा आवास विकास संघको आयोजनामा सुरु हुन लागेको आठौं घरजग्गा मेलाको टाइटल स्पोन्सर नेपालहोम्स डटकमले गर्ने भएको छ ।

मंगलवार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा नेपालहोम्स र संघबीच भएको सम्झौता अनुसार मेलाको टाइटल स्पोन्सर नेपाल होम्सले गर्ने भएको हो ।

आगामी वैशाख ४ गतेदेखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा सञ्चालन हुने मेला घरजग्गा व्यवसायी र ग्राहकका लागि कुम्भ मेलाको रुपमा हेरिन्छ ।

मेलामा ७८ वटा स्टल हुहने हालसम्म ४० कम्पनी सम्वद्ध भएको पनि मेला संयोजक विदुर धमलाले भने ।

‘मेलामा कुल ७८ वटा स्टल रहनेछ’ उनले भने, ‘यो वर्षको मेलामा नेपालहोम्स डटकमलाई टाइटल स्पोन्सर बनाउन पाउँदा हामी अत्यन्त खुशी छौं ।’

यस पटकको मेलमा स्थानिय नयाँ प्रोडक्टपनि समावेश हुने आयोजकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here