कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला

काठमाडौं, २१ फागुन । कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् ।

अर्थमन्त्रीस्तरीय निर्णयबाट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक निरौलालाई कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्ष बनाइएको हो ।

उनले नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा गर्भनर डा। चिरिञ्जीवी नेपालबाट कृषि विकास बैंकको अध्यक्षको पद तथा गोपनियताको सपथ लिएका छन् ।

उनलाई फागुन २१ गते बिहान बैंकको सञ्चालक समितिमा नियुक्त गरिएको थियो । त्यसपछि बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष निरौलाले नेपाल राष्ट्र बैंकमा लामो समयसम्म सेवामा रहि कार्यकारी निर्देशक पदबाट अवकास प्राप्त गरेका थिए ।

निरौलासँग केन्द्रीय बैंकमा ३० वर्षको सेवा अनुभव छ । उनले साढे २५ वर्ष नेपाल राष्ट्र बैंकमा बिताएका थिए ।

त्यसैगरी डेढ वर्ष वित्तीय सुधार कार्यक्रमअन्तर्गत नेपाल बैंकको व्यवस्थापन टिममा बसेर काम गरे । त्यस्तै उनी २०५५ सालमा नेपाल बैंकको एक अर्ब रुपैयाँ कर्जा घोटाला काण्डमा अनुसन्धान गरेको अनुभव उनीसँग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here