एक खेल पहिल्यै एसिया कपको दौडबाट बाहिरियो नेपाल

काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा सिंगापुरले हङकङलाई गरेसंगै नेपाली एसिया कपको दौडबाट बाहिरीएको छ ।

बुधवार थाइल्याण्डको टर्डथाइ क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरले हङकङलाई १६ रनले हराएको हो।

सिंगापुरले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा विकेट ८ गुमाउँदै १ सय ५२ रन मात्र बनाएसंगै नेपाल एक खेल अगावै बाहिरीएको हो ।

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटको अंक तालिकामा पहिलो र दोस्रो हुने टोलीले एसिया कप छनोट खेल्न पाउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here