अमेजनले हटायो कोरोना भाइरसको बारेमा गलत प्रचार गर्ने १० लाख प्रोडक्ट

काठमाडौं । अनलाइन सपिङ्ग कम्पनी अमेजनले कोरोना भाइरसको बारेमा गलत प्रचार गरिरहेका १० लाख भन्दा धेरै प्रोडक्टहरु आफ्नो कम्पनीको लिस्टबाट हटाएको बताएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनबिसीसंग कुरा गर्दै १० लाख प्रोडक्ट हटाउनुका साथै कोरोनाको बारेमा गलत प्रचार गर्ने र मान्छेलाई भ्रम पैदा गर्ने प्रोडक्ट हटाएको बताएको छ ।

विश्वभरी नै कोरोनाले त्रास पैदा गरिरहेको अवस्थामा मानिसहरु यसबाट बच्नको लागि जे कुरा पनि विश्वास गर्ने भएको कारण गलत प्रचार गरेका प्रोडक्ट हटाएको बताईएको छ ।

चीनको बुहान राज्यबाट फैलिएको कोरोनाको संक्रमण हाल ६० भन्दा धेरै देशहरुमा फैलिएको छ । जसको कारण ३१ सय भन्दा धेरै मानिसको मृत्यु भएको छ भने ९० हजार भन्दा धेरै संक्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here