कृत्रिम अभाव सृजना गर्दै माक्समा कालोबजारी

फाइल तस्वीर

काठमाडौं, २२ फागुन । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सर्जिकल मास्कको अभाव भएको छ। मास्कको अत्यधिक माग भएकोले अस्पतालहरु र मेडिकलमा अभाव भएको हो।

अभावसँगै मास्कमा कालोबजारी बढेको छ । सामान्यत: १० रुपैयाँमा पाउने मास्कलाई कृत्रिम अभाव देखाउँदै मूल्य बढाएर बिक्री गर्ने गरेको पाईएको छ ।

सेनिटाइजरको पनि मूल्य वृद्धि हुँदा साधरण उपभोक्ता मारमा परेका छन्।सरकारले मास्क, स्यानिटाइजर लगायतका मेडिकलजन्य सामग्रीको कालोबजारी गर्ने कम्पनी तथा बिक्रेतालाई सरकारले कारबाही सुरु गरेको छ ।

कोरोनाभाइरसको जोखिम उच्च भइरहेका बेला मास्कमा कालोबजारी गर्ने विभिन्न ६ वटा फर्मलाई सरकारले कारबाही गरेको हो

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क अभाव भएको गुनासोपछि गरेको बजार अनुगमनका क्रममा बुधबार काठमाडौंको क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । अन्य ८ वटा फर्मलाई सचेत गराइएको विभागले जनाएको छ ।

नेपाल केयरले मास्क भइभई पनि नभएको भन्दै कृत्रिम अभाव सृजना गर्दै बढी मूल्यमा विक्री गरेको पाइएको थियो ।

बजार अनुगमन गरी त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच हजार रुपैयाँका दरले जरिबाना तिराएको छ । उनीहरुले बिलबिना नै महँगोमा मास्क, स्यानिटाइजर लगायतका सामग्री बेचेको विभागले जनाएको छ ।

विभागले सोमबार त्रिपुरेश्वरकै स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here