एकैदिन प्रतितोला १८०० रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं, २३ फागनु । शुक्रबार एकैदिन छापावाल सुनको मूल्य प्रतितोला १८०० रुपैयाँ बढेको छ ।

विहिबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शुक्रबार १८०० रुपैयाँ बढ्दै प्रतितोला ८२ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रबार तेजावी सुनको मूल्य पनि प्रतितोला १८०० रुपैयाँले नै बढ्यो ।

विहिबार प्रतितोला ८० हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा शुक्रबार १८०० रुपैयाँ बढ्दै प्रतितोला ८२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

शुक्रवार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढ्यो ।

विहिवार प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा शुक्रवार १० रुपैयाँ बढ्दै प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here