दिल्लीमा आयोजित विश्व व्यापार सम्मेलनमा परिसंघको सहभागिता

काठमाडौं । भारतको प्रमुख प्रकाशन टाइमस् अफ इण्डियाद्वारा आयोजित विश्व व्यापार सम्मेलनमा भाग लिन नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल भारतको नयाँ दिल्ली गएको छ ।

उक्त प्रतिनिधि मण्डलको नेतृत्व परिसंघका वरिष्ठ उपाध्यक्ष विक्ष्णु कुमार अग्रवालले गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष अग्रवालले सम्मेलनको पहिलो दिनको सत्रमा ‘लघु, घरेलु, साना र मझौला’उद्योगहरुको महत्व सहित नेपाल उक्त क्षेत्रको वस्तुस्थिति एवं सम्भावनाका विषयमा निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

परिसंघलाई प्राप्त जानकारी अनुसार आयोजक टाइमस् अफ इण्डियाको निमन्त्रणामा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दूगडले समेत उक्त सम्मेलनमा अतिथिको रुपमा र उक्त मन्त्रालयका उपसचिव श्रीधर गौतमले भाग लिनुहुने भएको छ ।

परिसंघको उक्त प्रतिनिधि मण्डलका अन्य सदस्यहरुमा परिसंघ अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक राजबहादुर शाह र परिसंघका निर्देशक हिमाल न्यौपाने रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here