यस्तो छ आज डलरदेखि रियालसम्मको भाउ, डलरको भाउ बढ्यो

काठमाडौं । विश्व अर्थतन्त्रमा कोरोना भाईरसको प्रभाव परिरहेको सन्दर्भमा विदेशी मुद्राको भाउ पनि बढ्न थालेको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरको अनुसार आज अमेरिकी डलरको भाउमा वृद्धि भएको छ ।

विहिवार एक डलरको खरिददर ११६ रुपैयाँ ८६ पैसा रहेकोमा शुक्रबार एक डलरको खरिददर ११७ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ ६१ पैसा रहेको छ ।

यसैगरी, युरो एकको खरिददर १३० रुपैयाँ ७९ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ । यसका साथै पाउण्ड एकको खरिददर १५० रुपैयाँ ९८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७५ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा रहेको छ । बैंकको तथ्यांक अनुसार विदेशी मुद्राको परिवर्तन देखिएको छ ।

यस्तो छ थप जानकारीः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here