कोरोनाविरुद्धको औषधि केही महिनाभित्रै बजारमा, खोपको तयारी शुरु

काठमाडौं २३ फागुन । कोरोना भाइरसविरुद्धको औषधी केही महिनाभित्रै बजारमा पाइने भएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवेईका अनुसार खोपका लागि भाइरसको पाँच ओटा पक्षलाई आधार बनाइएर तयारी शुरु गरिएको छ ।

अझै पनि भाइरसबाट सिक्ने क्रम जारी रहेको र अनुसन्धानको क्रममा थप कठिनाइ आउन सक्ने समेत उनले बताएका छन् ।

विश्वभरका ठूला औषधि कम्पनीहरुले औषधी भने केही महिनामै आउने बताएका छन् ।

कोरोना भाइरविरुद्धको औषधिर खोप बनाउन विश्वका ठूलो औषधी कम्पनीहरुबीच प्रतिष्पर्धा नै चलेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा यसै हप्ता भएको भेटमा अमेरिकाका ठूला औषधी उत्पादक कम्पनीका कार्यकारी निर्देशकहरुले केही महिनामै कोरोना भाइरसविरुद्धको औषधी बजारमा उपलब्ध गराउने बताए ।

अहिले कोरोना भाइरसविरुद्धको औषधी र खोप बनाउन अमेरिका, चीन र भारतका वैज्ञानिक मुख्य प्रतिष्पर्धामा छन् ।

भारतले अमेरिकासँग मिलेर खोपको परीक्षण जनावरमा शुरु गरिसकेको छ । अब मान्छेमा परीक्षणको तयारी भइरहेको छ ।

औषधि र खोप बन्ने हल्ला जति चलेपनि परिणाम हासिल हुनेबारे अझै अन्यौल देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here