इसेवा मोबाईल एप्स डाउनलोड १० लाख नाघ्यो, वित्तिय सेवा क्षेत्रमा सबैभन्दा धेरै

काठमाडौं, २७ चैत । नेपालको पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे प्रा. लि.’ को मोबाईल एप्स् डाउनलोड संख्या १० लाख नाघेको छ । यो संख्या नेपालका बैंक, वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनीमध्ये सबैभन्दा धेरै रहेको कम्पनीले जानकारी दिएको छ । पछिल्लो समय नेपाली उपभोक्ता मोबाईल तथा इन्टरनेटमार्फत भुक्तानी गर्न अभ्यस्त हुँदै गईरहेको सन्दर्भमा इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या १० लाख नाघेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले सन् २०१० जनवरी २५ बाट आफ्नो सेवा सुरू गरेको थियो । इसेवाका करीब १५ लाख ग्राहक छन् । त्यसमध्ये मोबाईल एप्स्बाट कारोबार गर्ने नै १० लाख पुगेको कमपनीले जानकारी दिएको छ । यस कमपनीका देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेको समेत कम्पनीको भनाई छ । हाल इसेवाका देशभर करिब ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।

मोबाईललाई कुराकानी गर्ने माध्यमबाट भुक्तानी सेवा, रेमिट्यान्स्, किनमेल तथा वित्तिय कारोबार गर्ने साधनका रूपमा स्थापित गर्ने क्रममा दश लाख एप्स् डाउनलोड हुनुले हामीलाई थप हौसला मिलेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय ५० भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here