दलाई लामा अस्पताल भर्ना

काठमाडौं २७ चैत । भारतमा निर्वासन जीवन बिताइरहेका ८३ वर्षीय तिब्बती धर्मगुरु दलाई लामाको स्वास्थ्य अवस्था बिग्रीएपछि अस्पताल भर्ना गरिएको छ ।
उनलाई दिल्लीस्थीत एउटा अस्पतालमा भर्ना गरिएको बीबीसीले उल्लेख गरेको छ ।

उनलाई छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । अस्पताललाई उदृत गर्दै बीबीसी लेख्छ, ‘अहिले उनी खतरामुक्त छन् ।’

उनका सहयोगी तेन्जिन ताक्लाका अनुसार दलाई लामालाई अप्ठ्यारो महशुस भएपछि हिमाञ्चल राज्यको धर्मशालाबाट विमानमार्फत दिल्ली ल्याईएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here