नापीमा विचौलियाको अन्त्य गर्न मोबाइल एप, यस्ता छन् घरमै बसेर लिन सकिने सुविधा

काठमाडौं, २४ फागुन । नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेशन (SOKP) लञ्च गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सो एप सनिबार सार्वजनिक गरिन् ।

नापी कार्यालय कास्कीबाट दिइने दैनिक सेवाहरु टोकन लिन, फर्म भर्न, कित्ताकाट, हालसाविक भिडाउन, नक्सा प्रिन्ट, नक्शा ट्रेश उतार, प्लट रजिष्टर उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण एपपमार्फत लिन सकिनेछ ।

एपमा कार्यालयबाट सेवा लिनका लागि आवश्यक विभिन्न निवेदनका ढाँचाहरु उपलब्ध छ ।
कुन सेवा कसरी लिन सकिन्छ त्यसको जानकारी, कार्यालयका सूचना र जानकारी, गुनासो तथा उजुरी गर्ने व्यवस्था समेत एपमा राखिएको छ ।

नेपालको जग्गाप्रसासनको क्षेत्रमा यसप्रकारको मोबाईल एप पहिलो पटक कास्कीबाट सुरु गरिएको हो ।

नापी विभागले आयोजना गरेको नाप नक्सा सम्बन्धी दुई दिने सिप विकाससम्बन्धी गोष्ठीको समापन गर्दै उनले कास्कीले शुरु गरेको सेवा देशर लागु गरिने बताएकी छन् । मालपोत कार्यालयमा यस्तो सेवा शुरु भइसकेको छ ।

सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई जोड दिदै जग्गा प्रशासनको सुधार गर्नका निम्ति अभियान थालेको भन्दै मन्त्री अर्यालले प्रविधिले छिटोछरितो सेवा लिन, सुशासनका निम्ति महत्वपुर्ण भूमिका खेलेको बताइन् ।

सेवामा प्रविधिको प्रयोगको रिजल्ट विस्तारै आउदै गरेको भन्दै उनले छोटो समयमा काम सम्पन्न गरेर घर फर्कन सेवाग्राहीलाई सजिलो हुने धारणा समेत राखिन् ।
हिजोको शैलीले काम नहुने भन्दै मन्त्री अर्यालले हुने काममा ढिलासुस्ती पाच्य नहुने चेतावनी दिइन् ।

‘अनुचित कुरामा दबाब दिइंदैन । ऐनकानुनले नदिने कुरामा नलाग्नुस,’ उनले भनिन्, ‘जनताको सुबिधा हुने कुरामा तपाईहरुले छिटो गरिदिनुस् । हुने काम ढिलो नगरिदिनुस । व्यक्तिगत इन्ट्रेष्ट नराख्नुस ।’

कास्कीले तयार गरेको मोबाइल एप विस्तार गरेर देशैभर पुर्याइने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए । प्रविधिको उच्चतम प्रयोग गर्दै अगाडि बढेको भन्दै महानिर्देशक जोशीले कार्यालयको छबी पनि सुधार गर्ने कार्यमा लागेको बताए ।

नापी कार्यालय कास्कीका प्रमुख नापी अधिकृत खिमलाल गौतमले नेपालको भूमि प्रशासनमा शुद्धता ल्याउनका निम्ति नापी कार्यालय कास्कीद्वारा ‘नापी पोखरा, क्इप्ए” मोबाईल एप तयार गरिएको बताए ।

मालपोत, नापी जस्ता दैनिक सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा विचौलियाको सहयोग विनानै सेवा प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिनको लागी पहिलो पटक यसप्रकारको सेवा शुरु गरिएको गौतमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here