पत्रकार साहको हत्याका मुख्य अभियुक्त पक्राउ, दुई अझै फरार

काठमाडौं, २५ फागुन । प्रहरीले पत्रकार विरेन्द्र साहको हत्याका मुख्य अभियुक्त कुन्दन भनिने नरेन्द्र फौजदारलाई पक्राउ गरेको छ । आइतबार विहान बारागढी गाँउपालिका–५ स्थित घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका फौजदारलाई अदालतमा बुझाइने प्रहरीले जनाएको छ ।

१२ वर्षदेखि फरार रहेका फौजदारलाई पक्राउ गर्ने बेलामा चार राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । अदालतले मुख्य दोषी ठहर गरेपनि फौजदार फरार थिए । सशस्त्र युद्धको समयमा तत्कालीन माओवादीले २०६४ असोज १८ गते साहको अपहरण गरेको थियो ।

उनको शव कार्तिक २३ गते बाराको जंगलमा फेला परेको थियो । शान्ति सम्झौतमा आइसकेको माओवादीले उनको टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको थियो । हत्यारामध्येका दुई जना अझै फरार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here