अस्ट्रेलियामा एक नेपालीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं । १५ दिन अघिमात्रै नेपालबाट बिदा मनाएर अष्ट्रेलिया एक विद्यार्थी कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ ।

करिब २० वर्षका ती विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

परिचय गोप्य राखिएको ती युवाले फ्लुको लक्षण देखिएपछि अस्पतालमा सम्पर्क गरेका थिए । र उनलाई शुक्रबार नै रोयल होर्बाट अस्पतालमा जाँच गरिएको थियो।

जाँचपश्‍चात् शनिबार उनलाई कोरोना भाइरसको संक्रमण भएको पत्ता लागेको थियो। उनी शुक्रबार जाँचका लागि अस्पताल गएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here