प्रधानमन्त्रीलाई भेट्ने पहिलो ‘भिजिटर’ मिर्गौला दिने सङ्ग्रौला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने पहिलो भिजिटर मिर्गौला दान दिने उनको भान्जी समीक्षा सङ्ग्रौला बन्ने भएकी छिन् ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहान सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री ओलीलाई भेट्ने पहिलो भिजिटर सङ्ग्रौला हुने बताएका छन् ।

सङग्रौलाले एकपटक मामालाई भेट्न मन लागेको छ भनेको कारण उनलाई नै पहिलो भिजिटर बनाउने बताईएको छ ।

गत बुधवार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको अस्पतालले बताएको छ ।

मिर्गौला दाता सङ्ग्रौला प्रधानमन्त्री ओलीको भान्जी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here