आईपीओमा अब १० कित्ता पनि किन्न पाइने

काठमाडौं २८, चैत । प्राथमिक सेयर निष्काशन (आईपीओ) १० कित्ता सेयरका लागि पनि लगानीकर्ताले आवेदन दिन पाउने भएका छन् । बुधबारदेखि नेपाल धितोपत्र बोर्डले यस्तो व्यवस्था गरेको हो ।

यसअघि न्यूनतम ५० कित्ताका लागि मात्र आवेदन दिन पाउने व्यवस्था थियो । थोरै आय भएको मानिसलाई पनि सेयर बजारमा सहभागी गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

०७३ देखि बोर्डले समावेशी वितरण प्रणाली अनुसार सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर बा“डफा“ट गर्नुपर्ने व्यवस्था गरेको थियो ।
यो बर्षको एक नेपाली एक डिम्याट खाता अभियानलाई थप प्रभावकारी बनाइने बोर्डले बताएको छ । यो व्यवस्थाले साना लगानीकर्ताको पहुँचमा सेयर बजार पुग्ने भएकाले पु“जी बजारको विकास तथा विस्तारमा थप टेवा पुग्ने बोर्डको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here