फुडमान्डुका ५० हजारभन्दा बढी सेवाग्राहीको तथ्यांक चोरियो

काठमाडौं । अनलाइनबाट खानेकुराको कारोबार गर्ने फुडमान्डुका सेवाग्राहीहरुको तथ्यांक चोरिएको छ ।

शनिबार साँझ कम्पनीको वेबसाइट ह्याक भएको र उक्त ह्याकबाट ५० हजारभन्दा बढी सेवाग्राहीहरुको व्यक्तिगत तथ्यांक चोरी भएको पुष्टि भएको छ ।

सेवाग्राहीको नाम, इमेल ठेगाना र फोन नम्बर आदी चोरी भएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।

कम्पनीले उक्त घटनापछि साइभर सुरक्षाका सबै उपाय अपनाएर ह्याकरबाट मुक्त गराएको बताउँदै उक्त घटनाप्रति सेवाग्राहीसँग माफी मागेको छ।

कम्पनीको वेबसाइट कसले ह्याक गरेको हो भन्‍नेखुल्‍न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here