उपत्यकामा होली विशेष सुरक्षा, ७६ स्थानमा चेकिङ प्वाइन्ट

काठमाडौं, २६ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको छ। होली पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउन उक्त योजना लागू गरेको महाशाखाले जारी गरेको विज्ञप्ति जनाईएको छ ।

उक्त योजना अन्तर्गत राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा ट्राफिक सुरक्षा जाँच कडा पारिने जनाएको छ।

मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तीब्र गतिमा चलाउने, जिकज्याक वा लापरवाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाउने र ठूलो आवाज निकालेर मोटरसाइकल कुदाउनेलाई कारवाही गर्न विशेष जाँचको व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।

उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती गर्दै मोवाईल चेकिङको व्यवस्था मिलाइएको र त्यसका लागि नियमितबाहेक थप ५६६ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here