युएइमा दुई नेपालीसहित १४ जनालाई कोरोना संक्रमण

काठमाडौं, २६ फागुन ।युएइमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ ।

दुई नेपालीसहित १४ जनालाई कोरोना संक्रमण भएको त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सोमबार भेटिएका नयाँ संक्रमितहरुमा दुई नेपाली, चार अरबी, तीन इटालियन, दुई बंगलादेशी, रसियन, सिरियन र भारतीयहरुमा कोरोना संक्रमण भएको इमिरेट्स न्युज एजेन्सीले उल्लेख गरेको छ। यो सहित यूएईमा कोरोना संक्रमितहरुको संख्या ५९ जना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here