यी हुन् आइपीएलको एकै इनिङमा सर्बाधिक रन दिने ५ खेलाडी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) को १३ औँ संस्करण यहि मार्च २९ तारिखबाट सुरु हुँदैछ ।

पछिल्लो समय कोरोना भाइरसको कारण अन्यौलमा रहेपनि आइपीलको मिति सर्ने विषयमा कुनै निर्णय आएको छैन् । आइपीएललाई भारतमा त उत्सवकै उपमा हेरिन्छ । भारत सहित विश्वका अन्य देशहरु जहाँ क्रिकेट हेरिन्छ र खेलिन्छ त्यस्ता देशहरुमा पनि आइपीइल निकै लोकप्रिय छ ।

आइपीएलमा नयाँ नयाँ रेकर्ड बनिरहन्छ । यसैबीच आज आइपीएलको इतिहासमा एकै इनिङमा सर्बाधिक रन खर्चिने ५ क्रिकेटरको बारेमा जानकारी दिँदैछौं ।

१. बेसिल थम्पी

आइपीएलमा एकै म्याचमा सर्बाधिक रन दिने क्रिकेटरको सूचीमा बेसिल थम्पी पहिलो स्थानमा छन् ।

थम्पीले सन् २०१८ को आइपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्ध एकै इनिङमा १७.५० को इकोनमी रेटमा ७० रन खर्चिएका थिए ।

२. मुजीबउर रहमान

यो सूचीको दोस्रो स्थानमा अफगानिस्तानका स्पिनर मुजीबउर रहमान रहेका छन् ।

किंग्स इलावेन पन्जावबाट आइपीएल खेल्ने उनले गत संस्करणमा सनराइजर्स हैदरावाविरुद्ध ४ ओभरमा ६६ रन खर्चिएका थिए ।

३. इशान्त शर्मा

भारतिय राष्ट्रिय टिमबाट पनि खेल्ने इशान्त शर्माले सन् २०१३ को आइपीएलमा सनराइजर्स हैदरावादबाट खेल्दै चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध ४ ओभरमा ६६ रन दिएका थिए ।

४. उमेश यादव

आइपीएलमा एकै म्याचमा सर्बाधिक रन दिने खेलाडीको सूचीमा उमेश यादवको नाम चौथो स्थानमा छ ।

उनले २०१३ को आइपीएलमा दिल्ली क्यापिटल्स (डेयरडेविल्स)बाट खेल्दै आरसीबीविरुद्ध ४ ओभरमा १६.२५ को इकोनमी रेटमा ६५ रन खर्चिएका थिए ।

५. सन्दीप शर्मा

सन्दीप शर्मा आइपीएको एकै इनिङमा सबैभन्दा धेरै रन दिने पाँचौ क्रिकेटर हुन् । आइपीएल २०१४ मा सन्दीपले सनराइजर्स हैदरावादविरुद्ध ४ ओभरमा १६.२५ को इकोनमी रेटमा ६५ रन दिन पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here