अब व्हाट्सएपमा एकैपटक ३० अडियो फाइल पठाउन सकिने

काठमाडौं । व्हाट्सएपले नयाँ प्रयोगकर्तालाई लक्षित गरि एकैपटकमा ३० ओटासम्म अडियो फाईल पठाउन मिल्ने नयाँ सुबिधाको शुरुवात गरेको छ ।

व्हाट्सएपले भर्खरै अडियो प्ले गर्न र पठाउनको लागि साथै थप अडियो फाइलहरु छान्न नयाँ ‘अडियो पिकर’ तयार पारेको हो ।
यस प्रकारका सुबिधाहरु प्राय सबै प्रकारको मोबाईलहरुमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । साथै यसले गलत सुचना पनि पत्ता लगाउने काम गर्दछ ।

व्हाट्सएपलाई टच आइडी, स्प्लिट स्व्रिmन र ल्यान्डस्केप मोडमा समेत परीक्षण गरिएको छ ।

यसका अलवा गलत सुचना फैलाउनेको लागि व्हाट्सएपले “फर्वार्डिङ जानकारी” र म्यासेजहरुको सुविधाको पनि परीक्षण भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here