कोरोना संक्रमणबाट भारतमा एक जनाको मृत्यु

काठमाडौं, ३० फागुन । कोरोना भाइरसको संक्रमणबाट भारतमा पनि एक जनाको मृत्यु भएको छ। कालबुर्गीका ७६ वर्षे व्यक्ति कोरोना भाइरसका कारण ज्यान जाने पहिलो भारतीय नागरिक भएको कर्नाटका राज्य सरकारले जनाएको छ।

भारतको कर्नाटक प्रदेशको कलबुर्गीमा ७६ वर्षीय मानिसको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार ती मानिस हालसालै साउदी अरबबाट फर्किएका थिए।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गएपछि कर्नाटक प्रदेशमा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ। स्भारतमा संक्रमणमा परेका कुल ७४ मध्ये १७ इटालियन तथा एक क्यानडेली समेत हुन्।

यसैबीच दिल्ली सरकारले कोरोना भाइरसलाई महामारीको रुपमा घोषणा गर्दै त्यहाँका सबै सिनेमा हल, स्कूल तथा कलेजहरु (जाँच चलिरहेका बाहेक) बन्द गर्ने घोषणा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here