जसको कोहि छैन्, उसको लागि सरकार छ : प्रधानमन्त्री ओली

काठमाडौं २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही नहुनेहरुका लागि सरकार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा भएको कार्यक्रम उद्घाटनको क्रममा उनले जो व्यक्ति अनाथ छ, जसको कोहि छैन उसका लागि सरकार छ भनेका हुन् ।
‘अब देशमा भोकमरिको कारण कोहि मर्नु पदैन् किन कि जनताको सरकार छ’ प्रधानमन्त्री ओलीले भने ।

सो अवसरमा प्रम ओलीले उद्योग व्यवसायीहरुलाई विश्वस्त भएर अगाडी बढ्न सुझाए । ‘तपाँईहरु निर्धक्कसँग व्यवसाय गर्नुस, सरकार साथमा छ ’ उनले भने ।

साथै सरकार देशको नीति र कानुुन मात्र परिवर्तन गर्नमा नलागी देशको मुहार परिवर्तन गर्नमा लागेको जानकारी उनले दिए ।
प्रधानमन्त्री ओलीले विकाशको एउटा खुड्किलो पार गर्नका लागि यो वर्ष लगानी सम्मेलन राखेको र देश विकासको गतिमा अगाडि बढिसकेको कुरा बताए ।
देशको खनिज पदार्थको उत्खनन् कार्य सुरु गर्ने कुरा पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले सरकारले लिएको समृद्व नेपाल सुखी नेपाली भन्ने धारणा निजी क्षेत्रलाई पनि गर्भ र खुशिको विषय भएको प्रष्ट पारेकी छन् ।

साथै भर्खरै नेपाल—फ्रान्स व्यापार छलफल कार्यक्रमको समिक्षा गर्दै अब भारतका ६० वटा प्रतिष्ठत कम्पनिहरु संग पनि व्यापार छलफलको तयारि भइरहेको कुरा अध्यक्ष राणाले बताइन् ।

सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेकोमा धन्यवाद दिदै पर्यटन वर्ष सफल बनाउन महासंघले आवश्यक सम्पुर्ण सहयोग गर्ने कुरा पनि बताईन् ।

‘देशमा नीति कानुन त धेरै राम्रा बन्छन् तर त्यसको कार्यान्वयन भने अत्यन्त फितलो हुदाँ त्यसबाट लक्षित उपलब्धी हासिल गर्न गाह्रो पर्ने धारणा उनको थियो । उनले वर्तमान समितीको एक वर्षको प्रगति बिवरण प्रस्तुत गरकी थिईन । कार्यक्रममा विभिन्न जिल्लाका उत्कृष्ट उद्योग संघहरुलाई सम्मान पनि गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here