एप्पलका सबै स्टोर बन्द

काठमाडौं । अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले कोरोनाभाइरस नियन्त्रणका चीनबाहिरका सबै स्टोर बन्द गर्ने जनाएको छ। प्रकोपको कारण मार्च २७ सम्मका लागि सबै स्टोरहरु बन्द गर्ने बताएको छ ।

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले एक वक्तव्यमार्फत् चीनमा चालिएको कदमबाट सिकेको जनाउँदै सबै स्टोर बन्द गर्ने जनाएको हो।

यसबाहेक एप्पलको अनलाइन स्टोर भने खुल्ला रहने जनाइएको छ, तर त्यहाँ काम भने घरबाटै हुने बताइएको छ।

एप्पलले यससँगै डेढ करोड अमेरिकी डलर कोरोनाभाइरस नियन्त्रणका लागि सहयोग गरेको छ।

चीनमा भने गत फेब्रुवरी १ देखि बन्द भएको एप्पलको ४२ वटै स्टोर पुनः सञ्चालनमा ल्याइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here