काठमाडौं, २ चैत । पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको सम्बन्ध विच्छेद भएको छ ।
उनले एक टेलिभिजनसँगको कुराकानीमा विवाह गरेको १७ वर्षपछि सम्बन्ध विच्छेदको निर्णय लिएको बताएकी हुन् । २ वर्ष रिलेसनसिपमा बसेकी खड्गीको तिमल्सिनासँग विवाह भएको थियो ।
उषा खड्की आफैँले आफैंले तिमिल्सिनासँगको सम्बन्धका विषयमा सामाजिक सञ्जाल मार्फत मुख खोलेकी हुन् । वैवाहिक सम्बन्धका क्रममा झेलेको हिंसाको प्रसंगमा खड्गी भक्कानिएकी छन् ।
उषाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै अर्थ र आधार छैन। अब म भन्छु ‘नो’।
उनले सबैलाई सहयोग र मायाका लागि धन्यवाद दिँदै आफू र आफ्ना सन्तानको अधिकारका लागि लड्ने पनि बताएकी छिन्। उषा र जीपीका एक छोरा र एक छोरी छन् ।
यसअघि उषा र जीपीले डिभोर्सको चर्चा चलेपनि दुबैले डिभोर्सको हल्ला मात्रै भएको बताउँदै आएका थिए ।