प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा !

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी थालिएको छ ।

मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक प्रधानमन्त्री ओली फलो अपका लागि आइतबार अस्पताल जान लागेका हुन् । ओली दशौँ दिनमा ‘डिस्चार्ज’ भएर बालुवाटार फर्किएका थिए ।

यद्यपि उनलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिइएको चिकित्सकहरुले बताएका छन् ।

अस्पतालमा रहँदा पनि उपचारमा संलग्न चिकित्सकबाहेक मिर्गौला दाता समीक्षा र प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई मात्र प्रधानमन्त्रीलाई भेट्न दिइएको थियो । १९ फागुनमा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीले स्वास्थ्यलाई ख्याल गर्दै केही समयसम्म पार्टीका बैठक, क्याबिनेट लगायतका कार्यक्रम बालुवाटरमै गर्ने गरी व्यवस्थापन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here