नेपाल-भारतका प्रमुुख नाका बाहेक सबै बन्द, स्थलमार्गमा कडाई

काठमाडौं, २ चैत । कोरोना भाइरसको संक्रमणको डरले आइतबारदेखि नेपाल र भारतको स्थलमार्गमा समेत कडाई शुरु भएको छ ।

कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनको लागि भारतले ३० फागुनमा नयाँ निर्णय गर्दै २ चैतको राती १२ बजेदेखि लागु हुने गरी रक्सौल, सुनौली, बनबासा र रानीगञ्‍ज नाका बाहेकका सबै नाकाबाट आवतजावत बन्द गर्न लागेको हो।

वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, धनगढीको महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टा नाकामात्र खुला हुनेछन् ।

भारतले नेपाल, भुटान, बङ्गलादेश र म्यानमारसँग जोडिएको नाका बन्द गर्न लागेको हो। अर्को सूचना जारी नभएसम्मको लागि नाकाहरू बन्द गर्न लागिएको भारतले हिजो जारी गरेको सूचनामा उल्लेख छ।

भारतले जारी गरेको नयाँ व्यवस्थाअनुसार, भिषा नचाहिने व्यवस्था रहेका नेपाल र भुटानका नागरिक भने भारतमा आवत जावत गर्न पाउनेछन्। यी दुई देशबाहेक तेस्रो देशका नागरिकका लागि भने तोकिएका बाहेक स्थल मार्गको नाका बन्द गर्न लागेको हो।

आयात निर्यात वा सामानको ढुवानी भने सबै नाका निर्वाध हुनेछ । मानिसको आवात जावत रोकिएको हो ।

भारतको निर्णयले स्थानीय तहमा जावतजावत प्रभावित हुनेछ । हरके दिन हजारौं मानिस सीमा वारपार गर्छन् ।

नेपालमा वा भारतमा निर्वाचन हुने समयमबाट बाहेक नाका बन्द भएको थिएन् । यसअघिको नाकाबन्दीको समयमा पनि मानिस रोकिनु परेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here