अस्ट्रेलिया प्रवेश गर्ने दुई हप्ता ‘आइसोलेसन’ मा बस्नु पर्ने

काठमाडौं, २ चैत । अस्ट्रेलिया प्रवेश गर्ने हरेक व्यक्ति दुई हप्ता अनिवार्य ‘आइसोलेसन’ मा बस्नु पर्ने भएको छ ।

विश्वव्यापी कोरोनाको संक्रमण बढ्दै गएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशबाट अस्ट्रेलिया प्रवेश गर्ने हरेक व्यक्ति १४ दिन ‘आइसोलेसन’ मा बस्नु पर्ने घोषणा गरेका हुन् ।

‘सेल्फ–आइसोलेसन’ को नियम उल्लंघन गर्नेलाई कारवाही गर्ने सम्बन्धी नियम बनाउने सहमति मन्त्रीपरिषदमा भएको सिड्नीमा आइतबार भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले जानकारी दिएका छन् ।

यस्तै कोरोना भाइरसको संक्रमण रोक्नका लागि अस्ट्रेलियाले कम्तिमा ३० दिनका लागि क्रुस सिपबाट यात्रा गर्नेहरुलाई प्रवेश रोक लगाउने भएको छ ।

यस्तै सामाजिक दूरी कायम गर्ने, हात मिलाउन अस्वीकार गर्ने तथा व्यक्तिहरुबिचको दूरी डेढ मिटर कायम गर्ने बारेको जानकारी थप बिस्तार गर्ने पनि बताएका छन् । तत्कालका लागि विद्यालयहरु भने खुला नै रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here