मोदीद्धारा एक करोड डलरको सार्क आपतकालीन कोष घोषणा

काठमाडौं, २ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस रोकथामका लागि एक करोड डलरको आपतकालीन कोष घोषणा गरेका छन्।

कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आफ्नो पहलमा भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्स भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणा गरेका हुन् ।

यसमा सदस्य मुलुकले स्वेच्छाले रकम थप्न सक्ने प्रस्ताव मोदीले गरेका छन्। यस कोषको सहयोगले सार्कस्तरीय प्रकोप नियन्त्रण केन्द्र , रोगलाई लिएर साझा अनुसन्धान संयन्त्र बनाउन उनले प्रस्ताव गरेका छन् ।

यसका निम्ति भारतको मेडिकल काउन्सिलले सहयोग गर्ने उनको भनाइ छ । मोदीले आगामी दिनमा यसले लिनसक्ने भयावह अवस्थालाई मध्यनजर गर्दै यो समयमा सबै मिलेर काम गर्नुपर्ने बताए । कोष निर्माण र त्यसले गर्ने कार्यका बारेमा सबै सदस्य राष्ट्रमा रहेका भारतीय दूतावासबाट तत्काल काम सुरु हुने बताए ।

संभावित भाइरसमा हुनसक्ने स्थानमा एकीकृत रोग निगरानी पोर्टल स्थापना गर्न यो रकम खर्च गरिने मोदीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here