आइपीएल दर्शकमा उत्साहजनक वृद्धि, दुई सातामै २१ प्रतिशतले दर्शक बढे

New Delhi: DC bowler Sandeep Lamichhane celebrates with teammates after taking wicket of KKR batsman Nikhil Naik (LBW) during the Indian Premier League 2019 (IPL T20) cricket match between Delhi Capital (DC) and Kolkata Knight Riders (KKR) at Feroz Shah Kotla Stadium, New Delhi, Saturday, March, 30, 2019. (PTI Photo/Vijay Verma) (PTI3_30_2019_000186B)

काठमाडौं, २९ चैत । भारतमा जारी १२ औं सिजनको इण्डियन प्रिमियर लीगले यस वर्ष पनि टेलिभिजन टीआरपीमा उत्साहनक प्रगति गरेको छ । स्टार इण्डियाले आइपीएलको प्रसारण अधिकार लिएको छ ।

यस वर्ष दुई सातामै अघिल्लो वर्षको तुलनामा टेलिभिजनमार्फत आइपीएल हेर्ने दर्शक बढेको स्टार इण्डियालाई उदृत गर्दै भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

स्टार इण्डियाका अनुसार यस वर्ष पहिलो दुई सातामा ३४ करोड ५० लाख दर्शकले आइपीएलका दौरान टेलिभिजन हेरेका छन् । अघिल्लो वर्ष भारतमा १० वटा च्यानलबाट आइपीएलका खेल प्रत्यक्ष प्रशारण गरिएको थियो ।

यस वर्ष च्यानल संख्या पनि २४ पुगेको स्टार इण्डियाले उल्लेख गरेको छ । यस वर्ष मूभि च्यानल र बच्चाका लागि प्रसारण हुने च्यानलबाट पनि आइपीएलका खेल प्रत्यक्ष प्रसारण थालिएको छ । यो टीआरपी भारतीय बजारको मात्र हो ।

अघिल्लो साल आइपीएल दर्शकमा केही गिरावट आएपनि यस वर्ष भने उत्साहजनक वृद्धि देखिएको बताइएको छ । यस वर्ष हिन्दी भाषी क्षेत्रमा २४ प्रतिशत दर्शक बढेको टीआरपी रिपोर्ट छ । दक्षिण भारतमा १५ प्रतिशतले बढेको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here