भारतमा कोरोनाको कारण तेस्रो व्यक्तिको मृत्यु

काठमाडौं । विश्वव्यापी रुपमा माहामारीको रुपमा परिणत भइसकेको कोरोना भाइरसको कारण भारतमा तेस्रो व्यक्तिको मृत्यु भएको छ ।

भारतिय सञ्चार माध्यमको अनुसार मंगलवार विहान मुंबईमा दुबईबाट फकिएका ६४ वर्षिय व्यक्तिको मृत्यु भएसंगै भारतमा मृत्यु हुनेको संख्या ३ पुगेको हो ।

भारतमा अहिलेसम्म कुल १०३ जनामा कोरोनाको संक्रमण देखिएको छ । यसका साथै १३ जनाको सफल उपचाए भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here