कोरोना संक्रमित क्षेत्रबाट फर्किएका आफ्नै नागरिकलाई गोली

काठमाडौं, ५ चैत । पाकिस्तान रेन्जर्सले इरानको कोरोनाभाइरस संक्रमित क्षेत्रबाट फर्किएका आफ्नै नागरिकलाई गोली हानी तितरबित गरेको छ ।

इरानाको तिर्थयात्रामा गएर आएको आफ्नो नागरिकलाई गोली हानेर तिरविरत बनएको सञ्चार माध्यमहरुले जनाएको छ । उक्त घटनामा कुनैपनि मानवीय क्षती भने जनाईएको छ ।

पाकिस्तानले इरानसंग जोडिएको टाफ्टन सीमा प्रवेश बिन्दु खोलेपछि यो घटना भएको हो। पाकिस्तानले सो प्रवेश बिन्दुबाट ३४० नागरिकलाई प्रवेश दिन अनुमति दिएको थियो।

ूपाकिस्तानले इरानी सहर मिर्जवेहमा फसेका एक सय ८४ तीर्थयात्रीहरू सहित करीव ३ सय ४० जना पाकिस्तानीहरूको फिर्ताको लागि अस्थायी रूपमा टाफ्टन सीमा प्रवेशद्वार खोलेको थियो ।

ईरान विश्वको सबैभन्दा नराम्ररी प्रभावित देशहरू मध्ये एक हो जहाँ कोरोना भाईरसको संक्रमणले धेरै व्यक्तिको मृत्यु भइसकेको छ। समाचार एजेन्सी एमएनएका अनुसार पाकिस्तानी अधिकारीहरूले इरानबाट संयुक्त सिमानामा फर्केका पाकिस्तानी तीर्थयात्रीहरुलाई केहि दिनका लागि क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here