इटालीमा एकैदिन ४७५ जनाको मृत्यु, हताहतीको रेकर्ड हालसम्मकै उच्च

काठमाडौं, ६ चैत । इटालीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्र गतिमा बढेको छ ।

बुधबार एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । महामारी फैलिए यता कुनै एक देशमा मृत्यु भएका मानिसहरुको यो सबैभन्दा ठूलो संख्या हो।

कोरोनाको सबैभन्दा खराब प्रभाव देखिएको लोम्बार्डीमा एकैदेखि ३१९ जनाको ज्यान गएको छ।

इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या झण्डै तीन हजार पुगेको छ ।

इटालीमा अहिलेसम्म ३५ हजार ७ सय १३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । लोम्बार्डी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।

सो क्षेत्रमा एकै दिन ३ सय १९ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण कम्तिमा ८ हजार ७ सय ५८ जनाको मृत्यु भएकोमा अधिकांश चीनका छन् ।

पछिल्लो समय यो महामारी चीनमा नियन्त्रण भएको छ भने युरोपमा व्यापक बनेको छ । कोरोनाको उद्गमस्थल भनिएको चीनकै हाराहारीमा इटालीमा मानवीय क्षति हुने जोखिम देखिएको छ।