सात स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४६ तहमा वाणिज्य बैंक पुगे

काठमाडौं, ६ चैत । देशभरका कूल ७५३ स्थानीय तहमध्ये ७ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ ।

बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक विवरणअनुसार माघ मसान्तसम्ममा कूल ७५३ मध्ये ७४६स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

बैंकका अनुसार प्रदेशगत रुपमा वाणिज्य बैंकहरुको उपस्थिति प्रदेश २ र प्रदेश ५ को सबै स्थानिय तहमा पुगेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, प्रदेश १ को १३६, बाग्मती प्रदेशको ११७, गण्डकी प्रदेशको ८४, कर्णाली प्रदेशको ७९ र सुदरपश्चिमको ८६ स्थानिय तहमा शाखा सञ्जाल विस्तार भएका छन्।

त्यस अनुसार अझै प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेशमा १/१ स्थानिय तहमा वाणिज्य बैंकको पहुँच पुग्न बाँकी छ। यस्तै बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि २/२ स्थानिय तहमा शाखा विस्तार हुन बाँकी छ।

त्यस अनुसार अझै ७ स्थानिय तहमा वाणिज्य बैंकको शाखा विस्तार हुनसकेको छैन।

चालू आर्थिक वर्षको माघसम्ममा बैंक तथा वित्तीय संस्थाको संख्या १६४ वटा रहेको छ। त्यसमध्ये २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र १ पुर्वाधार विकास बैंक रहेका छन्।

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ असार मसान्तमा ८ हजार ६८६ रहेकोमा २०७६ माघ मसान्तसम्ममा ९ हजार ५५० वटा पुगेको छ।

वित्तीय समावेशीताका लागिसमेत अनिवार्यरूपमा बैंक तथा वित्तीय संस्थाका शाखा खुल्नुपर्ने र नागरिकमा वित्तीय पहुँच स्थापित हुुनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here