पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौं, ६ चैत । समाजवादी पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

स्वकिय सचिव विश्वदीप पाण्डेको अनुसार ब्याक पेन’ भएर बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएका हुन् ।

“पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे–ब्याक पेन भएर राति ८ बजेतिर अस्पताल भर्ना हुनुभएको हो । चिकित्सकको सल्लाहमा राति उहाँ अस्पतालै रहनुभयो ।

एन्जिओग्रामलगायत जाँच–परीक्षणपछि सबै रिपोर्टहरु सामान्य देखिएकाले केही प्रक्रिया पूरा गरेर आजै डिस्चार्ज हुनुहुनेछ ”‘ उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here