भक्तपुरको चाँगुनारायणमा इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ३ मा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

यो नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) को १७ औं एक्सटेन्सन काउन्टर हो । यसले ग्राहकहरूको वित्तीय पहुँचमा सहयोग पु¥याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने बैंकको दाबी छ ।

एनआईबीएलको देशभर ८२ शाखा, १२४ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू तथा ५६ शाखारहित बैंकिङ काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here