अस्ट्रेलिया प्रवेशमा रोक

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलिया प्रवेश रोकको घोषणा गरेका छन् । शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई प्रवेशमा रोक लगाएको घोषणा गरेका हुन् ।

अस्ट्रेलियाले कोरोना भाइरसबाट देशलाई सुरक्षित् राख्न यो निर्णय लिएको सञ्चारमाध्यलाई जनाएका छन् ।

विद्यालय र सुपरमार्केटहरु बन्द गरिएका छैनन तर एक सय बढी जम्मा हुने भित्री गतिविधिहरु र पाँच सयभन्दा बढी जम्मा हुने बाहिरी गतिविधि बन्द गर्न आदेश दिइएको छ ।

केही दिनअघि उनले अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दालाई छिटो अस्ट्रेलिया फर्किन आह्वान गरेका थिए ।

अस्ट्रेलियामा कोरोना भाइरस देखिएकामा ८० प्रतिशत विदेशबाट आएकाहरु वा उनीहरुको सम्पर्कमा गएकाहरु छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here