शुक्रबारदेखि सरकारले अत्यावश्यक सामग्री आफैं बेच्ने, ८ स्थानमा सुपथ मूल्य पसल

फाइलफोटो

काठमाडौं ६ चैत । कोरोना भाइरसलाई देखाउँदै बजारमा कालोबजारी बढेपछि सरकारले शुक्रबारदेखि अत्यावश्यक खाद्यन्न लगायतका समान आफैं बेच्ने भएको छ ।

राजधानी लगायतको विभिन्न स्थानमा सुपथ मूल्य पसल मार्फत अत्यावश्यक सामग्री बेच्न लागेको हो ।

सरकारले साल्ड ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत उपत्यका र आसपासका ८ ठाउँबाट नुन, तेल, चामल, ग्यास, सेनिटाइजर, मास्क लगायतका समान सुपथ मूल्यमै उपलब्ध गराउन लागेको हो ।

यी पसलहरुबाट नागरिकले सुपथ मूल्यमा खरिद गर्न पाउनेछन् । सरकारले कालीमाटी, कोटेश्वर, सतुंगल, बालाजु चावहिल, भक्तपुर र बनेपामा सुपथ मूल्य पसल मार्फत अत्यावश्यक सामग्री सहज रुपमा उपलब्ध गराउन छ । जावलाखेलमा पनि ललितपुर महानगरपालिकासँग मिलेर त्यस्तो पसल सञ्चालन हुनेछ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका अनुसार देशभा ६ महिनाका लागि आवश्यक खाद्यान्न रहेको छ भने ८ महिनाका लागि पुग्ने औषधी रहेको र औषधीका लागि आवश्यक कच्चा पदार्थ पनि ६ महिनाका लागि मौज्दात रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here