विश्वका १० महँगा खेलाडीको सूचीमा मेस्सी ८ औं स्थानमा, रोनाल्डो टप १० मा अटाएनन्

काठमाडौं । अन्तराष्ट्रिय सञ्चार माध्यम दी सनमा प्रकाशित समाचार अनुसार अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेसी विश्वका सर्वाधिक महँगा १० खेलाडीको सूचीमा अट्दा पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने अटाएनन् ।

तर, सार्वजनिक भएको उक्त रिपोर्ट ट्रान्फर बजारको आधारमा सूची सार्वजनिक गरिए हो । जसमा खेलाडीको अनुबन्ध समयावधि, क्लब र अन्तर्राष्ट्रिय खेलको आधारलाई मापन गरिएको छ ।

यो सूचीको पहिलो स्थानमा फ्रान्सेली युवा स्टार तथा पीएसजीका स्ट्राइकर केलियन एम्बाप्पे छन् । दी सनले २० वर्षीय एम्बाप्पेको मूल्य १८९ मिलियन पाउन्ड तोकेको छ ।

त्यस्तै, १५१ मिलियन पाउन्डसहित म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ दोस्रो, १५१ मिलियन पाउन्डसहित पीएसजीका स्ट्राइकर नेयमार तेस्रो, १४१ मिलियन पाउन्डसहित लिभरपुलका माडिओ माने चौथो र १४१ मिलियन पाउन्डसहित लिभरपुलकै मोहम्मद सलाहा पाँचौं स्थानमा छन् ।

टोटनहामका स्ट्राइकर ह्यारी केन छैटौं र म्यानचेस्टर सिटीका केभिन डिब्रुइन सातौं स्थानमा रहँदा बार्सिलोनाका स्टार खेलाडी मेसी १३२ मिलियन पाउन्डसहित आठौं स्थानमा छन् । त्यस्तै बोरुसिया डर्टमन्डका जडोन सान्चो नवौं र बार्सिलोनाका एन्टोनी ग्रिजमन दशौं स्थानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here