कोरोना भाइरसको संक्रमणबाट रियाल मड्रिडका पूर्व अध्यक्षको मृत्यु

काठमाडौं, ९ चैत । कोरोना भाइरसको संक्रमणबाट स्पेनिस क्लब रियाल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ।

विश्वलाई ‘लक डाउन’ को अवस्थामा पुर्‍याएको कोरोना भाइरसको लक्षण देखिएपछि ७६ वर्षीय सान्जलाई यसै साता अस्पतालमा भर्ना गरिएको थियो।

सान्जका छोरा लोरेन्जोले शनिबार ट्वीटरमार्फत् आफ्ना पिताको मृत्यु भएको पुष्टि गरेका थिए। त्यसपछि रियाल मड्रिड र ला लिगाले पनि विज्ञप्ती जारी गरेका थिए।

सन् १९९५ देखि २००० सम्म रियालको अध्यक्ष रहेका लोरेन्जोको कार्यकालमा क्लबले दुई च्याम्पियन्स लिग, एक ला लिगा र युरोपियन कप विनर्स कप जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here