उपत्यकाका फुटपाथ व्यवसाय अनिश्चितकालका लागि बन्द

काठमाडौं, ९ चैत । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालन हुँदै आएको फुटपाथ व्यवसाय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

बजार अनुगमनका क्रममा फुटपाथ व्यवसाय गर्दा एकैचोटी सयौं मानिस जम्मा हुने गरेको र त्यसले संक्रमणको जोखिम बढ्ने देखिएपछि प्रहरीले बन्द गर्ने निर्णय गरेको हो ।

प्रहरीले आइतबारबाट अर्को सूचना नभएसम्मका लागि फुटपाथ व्यवसाय बन्द गर्न निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here