कोरोना संक्रमण १ सय ८८ देशमा, इटालीमा एकैदिन ७ सय ९३ जनाको मृत्यु

काठमाडौं, ९ चैत । कोरोना भाइरस संक्रमण पछिल्लो २४ घण्टामा इटलीमा अहिलेसम्मकै सबैभन्दा धेरै ७ सय ९३ जनाको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट इटलीमा मृत्यु हुनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ। समाचार एजेन्सीका अनुसार कोरोनाको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १३ हजार १७ पुगेको छ।

इटलीमा हिजो ६ हजार ५ सय ५७ नयाँ संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या ५३ हजार ५ सय ७८ पुगेको छ।

यो चीनभन्दा करिब १ हजार ६ सयले बढी हो। त्यस्तै इटालफीमा संक्रमित हुनेको संख्या ५३ हजार ५ सय नाघेको छ।

त्यस्तै इटालीपछि शनिबार कोरोना भाइरसबाट मर्नेको संख्या स्पेनमा पनि बढेको छ। त्यहाँ एकैदिन २ सय ८५ जनाको मृत्यु भएको छ भने करिब ४ हजार संक्रमित व्यक्ति थपिएका छन्।

स्पेनमा पनि मृत्यु हुनेको संख्या बढेको छ। स्पेनमा हिजो एकै दिन २८५ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ३ सय ७८ पुगेको छ ।

त्यस्तै इरानमा हिजो १ सय २३ जनाको मृत्यु भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ५ सय ५६ पुगेको छ भने संक्रमितको संख्या २० हजार ६ सय १० पुगेको छ। अमेरिकामा हिजो ६० जनाको मृत्यु भएको छ।

त्यहाँ हिजो एकै दिन ४ हजार ८ सय ३५ जना संक्रमित थपिएका छन्। अमेरिकामा संक्रमितको संख्या २४ हजार नाघेको छ।

त्यस्तै हिजो फ्रान्समा ११२, स्वीट्जरल्याण्डमा २४, बेलायतमा ५६, नेदरल्याण्डस्मा ३०, बेल्जियममा ३० तथा दक्षिण कोरियामा ८ जनाको मृत्यु भएको छ। भारतमा पनि संक्रमितको संख्या लगातार बढेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट १ हजार ६ स बढीको मृत्यु भएको छ भने ३१ हजार बढी संक्रमित व्यक्ति थपिएका छन्।

यो संगै विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १३ हजार नाघेको छ भने संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here