बार्सिलोना फर्कने कुरामा नेयमारको ग्रिन सिग्नल, के यसै सिजन फर्कन्छन् ?

काठमाडौं, ९ चैत । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) व्यवसायीक फुटबल खेल्दै आएका ब्राजिलियन स्टार नेयमार स्पेनिस क्लब बार्सिलोना फकर्ने कुरामा सकारात्मक देखिएका छन् ।

शनिबार स्पेनिस मिडिया ‘मुन्डो डिपोर्टिभो’ मा प्रकाशन भएको समाचार अनुसार ब्राजिलियन स्टार नेयमार बार्सिलोना फर्किने विषयमा सकारात्मक देखिएका हुन् ।

सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी रकममा पीएसजी गएका नेमारलाई फर्काउन बार्सिलोना लामो समयदेखि प्रयासरत छ ।

यसअघि पनि यी दुई क्लबबीच रकमको विषयमा कुरा नमिल्दा अन्तिम अवस्थामा नेयमारको बार्सिलोना यात्रा रोकिएको थियो ।

यसअघि सन् २०१७ मा २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी गएका नेयमारलाई अहिले पीएसजीले १ सय ३५ मिलियन पाउण्डमा नै बेच्ने भएको अन्तराष्ट्रिय सञ्चार् माध्यमले बताउदै आएका छन् ।

नेयमार अबको सिजनमा कुनैपनि हालतमा बार्सिलोना फर्कने सोच बनाइरहेका मुन्डो डिपोर्टिभोको दाबी छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here