भाडा घटाउन आन्तरिक वायुसेवाको होडबाजी, बुद्धले पनि घटायो भाडादर

काठमाडौं, ९ चैत । बुद्ध एयरले आफ्नो अधिकतम भाडा घटाएको छ। लामो दूरीका सवारीसाधनको अवागमनमा रोक लगाएपछि बुद्ध एयरले अन्तरिक उडानको भाडादर घटाएको हो ।

बुद्धले कोरोनाको जोखिम बढेपछि काठमाडौंबाट एकैपटक धेरै यात्रु एकैपटक काठमाडौं बाहिर जानखोज्दा अधिकतम भाडादर लागू भइरहेको अवस्थामा अधिकतम भाडादर घटाएको जानकारी दिएको छ।

बढि भाडा लिएको भन्दै कम्पनीहरुको व्यापक आलोचना भएको थियो । भाडादरका बारेमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एयरलाइन्सहरुसँग छलफल गरेका थिए। शनिबारको उक्त छलफलमा मन्त्री भट्टराईले एयरलाइन्सहरुलाई विपत्को समयमा भाडाको अधिकतम सिमा घटाउन आग्रह गरेका थिए।

परिमार्जित भाडादर चैत २१ गतेसम्ममात्र लागू हुने एयरलाइन्सले जानकारी दिएको छ। शनिबार श्री एयरलाइन्सले सरकारले तोकेको भन्दा कम भाडा दिएर यात्रुलाई सेवा दिने घोषणा गरेको थियो ।

यस्तो छ बुद्ध एयरको परिमार्जित भाडादर:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here