हास्य टेलिफिल्म ‘सक्किगो नि’ अनिस्चितकालका लागि बन्द

काठमाडौं । विश्वव्यापी कोरोना भाइरसका कारण हास्य टेलिफिल्म ‘सक्किगो नि’ का कलाकारहरू ‘सेल्फ क्यारेन्टाइन’ मा बस्न सुरु गरेसंगै कार्यक्रम अनिस्चितकालका लागि बन्द हुने भएको छ ।

कोरोना त्रासको कारण सक्किगो नि अनिस्चितकालका लागि बन्द हुन लागेको कलाकार अर्जुन घिमिरले सामाजिक सजालमार्फत् जानकारी गराएका छन् ।

‘कोरोनाको संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको ‘लक डाउन’ को अनुरोधलाई आत्मसाथ गर्दै अर्को सूचना नआएसम्म हाम्रा नियमित कार्यक्रम हाललाई स्थगित गर्ने र आफू ‘सेल्फ क्यारेन्टाईन’ मा बस्ने निर्णय गरेका छौं ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्वास्थ्य नै धन भएको भन्दै परिस्थिति सामान्य हुनासाथ पुनः नियमित भाग लिएर आउने समेत उनले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here