भारत र चीनतर्फको नाका एक सातासम्‍म बन्द गर्ने सरकारको निर्णय

काठमाडैं, ९ चैत । सरकारले सोमबार बिहान १० बजेदेखि भारत र चीनतर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले एक साताका लागि नाकामा आवागमन पूर्णरूपले बन्द गर्ने निर्णय गरेको हो।

भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन ।

सरकारको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि ५० करोडको अक्षय कोष निर्माण गर्ने भएको छ। उक्त कोषमा सबै मन्त्रीले आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने र बाँकी निजी क्षेत्र तथा अन्य संघसंस्थाबाट संकलन गर्ने निर्णय समेत भएको छ ।

छिमेकी मुलुकहरू भारत र चीनमा कोरोनाका संक्रमण फैलिसके पनि नेपालमा भने हालसम्म संक्रमित फेला परेका छैनन्। आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here