भारतमा २१ दिनका लागि लकडाउन घोषणा

काठमाडौं, ११ चैत । कोरोना भाइरसको संक्रमणको रोकथामका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतभर २१ दिनका लागि लकडाउन घोषणा गरेका छन्।

मंगलबार साझ देशबासीका नाममा सम्बोधन गर्दै मोदीले भारत कोरोनाको उच्च जोखिममा रहेको भन्दै आज राती १२ बजेदेखि लागु हुनेगरी तीन साताका लागि भारतमा पूर्ण लकडाउन हुने घोषणा गरेका हुन् ।

राज्य सरकारको प्रयत्न सफल नभएपछि केन्द्रले नै देशभर लकडाउन गर्ने निर्णय गरेको हो। मोदीले आज रातिदेखि २१ दिनसम्म देशभर ‘लकडाउन’ हुने घोषणा गरेका हुन्।

उनले कोरोनाबाट बच्न घरबाट बाहिर ननिस्कन र सामाजिक दुरी कायम गर्न आह्वान गरे। घोषित ३ हप्ता भारतका लागि विशेष समय भएको बताउँदै मोदीले यस बेला संयमित नभए देश २१ वर्ष पछाडि धकेलिने चेतावनी समेत दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here