भारतिय जंगलमा अलपत्र परेका सात सय नेपालीको उद्धार

पप्पु गुरुङ्ग

दोधारा, ११ चैत । भारतका विभिन्न शहरबाट स्वदेश फर्किन लाग्दा भारतीय प्रहरीले बनबासा जंगल क्षेत्रमा रोकेको नेपालीको उद्धार भएको छ ।

कञ्चनपुरको खुलासीमा नाकासँग जोडिएको माहाकाली नगरपालिकाको जंगल क्षेत्रमा धपाएका नेपालीहरुलाई सशस्त्र प्रहरीले उद्दारले उद्धार गरेको हो ।

राती १ बजे देखि बनबासा चक्करपुर रोडको जंगलमा रोकेको भारतीय प्रहरीले एकाएक नेपालीलाई कुटपिट गर्दै गडीगोठ हुँदै माहाकाली नगरपालिका तर्फ धपाएको थियो ।

मंगलबार माहाकाली नगरपालिका वडा नं. १ पशुपती टोल नजिक नेपाल–भारत सिमा क्षेत्र नजिक जंगलमा उनिहरुको उद्धार गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरीले अलपत्र परेका झण्डै ७ सय नेपालीहरुलाई माहाकाली नगरपालिका वडा नं. १ पशुपती टोल नजिक भारतिय जंगल नजिकबाट उद्धार गरेको हो ।

भारतीय गडीगोठको बस्ती हुदै माहाकाली नगरपालिका वडा नं. १ पशुपती टोल नजिक भारतिय जंगलमा पुगेका ति नेपालीलाई सशस्त्र प्रहरी बलले उद्दार गरेर सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा पु¥याएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

भारतिय क्षेत्रमा अलपत्र परेका नेपालीको उद्दार गरेर निश्चित गन्तव्य सम्म पु¥याउने प्रबन्ध गरेको र सबैको सेल्फहोम क्वारेन्टाईन र स्वास्थ्य परीक्षण गरेर घर पु¥याउने यातायातको व्यवस्था सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीले गरेका स्थानियहरुले बताएका छन् ।

भारतबाट रोजगारी र उपचार गरि घर फर्किरहेका बिरामी नेपाली नागरिक सीमा क्षेत्र गड्डा चौकीमा अलपत्र परेका थिए ।

सरकारले चीन र भारत संग रहेका नाका बन्द गर्ने निर्णय र कञ्चनपुर ‘लकडाउन’ भएपछि उनीहरुलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाएपछि उनिहर अलपत्र परेका हुन् ।

भारतीय जंगलमा अलपत्र परेका नेपालीको १७ घण्टा र बिरामीको १२ घण्टा पछि घर तर्फ पठाईएको थियो । गड्डाचौकी पुगेका १८ बिरामी र उनीहरुका कुरुवा गरेर ३९ जना सहित ५७ जना बिरामीले उपचार पछि राम्रो संग आराम गर्नु पर्ने भए पनि उनीहरु अप्ठेरो स्थान सडकमै सुुतिरहेका थिए ।

नेपालका सीमा क्षेत्रमा नाकाबन्दी र कञ्चनपुर ‘कलडाउन’ भएपछि त्यहाबाट नेपाल प्रवेश गर्नका लागी प्रहरीले रोक लगाए पछि बिरामीहरुको बिचल्ली भएको हो ।

उनीहरु कोही सडक, कोही बन्द रहेका पसलमा बसिरहेका थिए । कञ्चनपुरको गड्डाचौकी र त्यहाँ देखि १२ किलोमिटर भारत तर्फ नेपाली अलपत्र परेका थिए ।

सीमा क्षेत्र र भारतमा अलपत्र परेका नागरिकलाई महाकाली र नमस्ते शुक्लाफाँटा यातायात प्रालिका बस मार्फत उनीहरुले साँझ ६ बजे तिर गन्तव्य तर्फ पठाईएको थियो । कोरनाका कारण भारतमा रहेका नेपालीको कहाली लाग्दो अवस्था भने रोकिएको छैन् ।