कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवकमा संक्रमण नभएको पुष्टि

काठमाडौं, ११ चैत । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मृतकमा कोरोना संक्रमण नभएको पाइएको हो ।

मंगलबार साँझ आएको रिपोर्टमा विशेष अस्पतालको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएका सन्तोष यादवको संक्रमणको कारण मृत्यु नभएको पुष्टि भएको हो ।

वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार बिहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको थियो ।

लुपस भन्ने रोगबाट पीडित उनमा ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना बिषेश अस्पताल पुगेका थिए ।

सोमबार दिउँसोबाट बिरामीलाई श्वासप्रश्वासको समस्या अत्याधिक बढेपछि सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here